Search News
रामेछापमा चुनावी माहोल तात्यो। घर दैलो कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीको लर्को बाक्लो,तर जित कसको? परिणामबारे स्पष्ट संकेत नदेखिँदा अन्योल
- Saturday Feb 21 2026
- | 1725 Read
Share News
रामेछापमा चुनावी माहोल तात्यो। घर दैलो कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीको लर्को बाक्लो,तर जित कसको? परिणामबारे स्पष्ट संकेत नदेखिँदा अन्योल

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै रामेछाप जिल्लामा राजनीतिक सरगर्मी चुलिएको छ। जिल्लाका ८ वटा स्थानीय तहमा उम्मेदवारहरूले आफ्नो प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्।
निर्वाचन अभियानका क्रममा जिल्लाका दुई नगरपालिका र छ वटा गाउँपालिकामा भएका घरदैलो कार्यक्रमहरूलाई नियाल्दा अन्य दलको तुलनामा नेपाली कम्युनिष्ट पार्टीको लर्को बढी देखिएको स्थानीयहरूले बताएका छन्। सडक र बस्तीहरूमा कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूको बाक्लो उपस्थिति र र्यालीहरूले चुनावी माहोल तताएको स्थानीयको बुझाइ छ।
चुनावी मैदानमा जिल्लामा यसपटक मुख्य राजनीतिक दल र स्वतन्त्र गरी कूल १७ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्। मुख्य प्रतिस्पर्धीका भने नेपाली काँग्रेसका राम चन्द्र खड्का। नेकपा एमालेका माधव प्रसाद ढुंगेल। नेपाली कम्युनिष्ट पार्टीका श्याम कुमार श्रेष्ठ।
राष्ट्रिय स्वतन्त्र पार्टीका डा.कृष्ण हरी बुढाथोकी रहेका छन् ।
घरदैलोमा कम्युनिष्ट पार्टीको लर्को र जनसहभागिता बढी देखिए पनि अन्तिम परिणाम कसको पक्षमा जान्छ भन्नेमा भने जिल्लाबासीहरू अन्योलमा छन्। धेरै उम्मेदवार र विभाजित मतका कारण यसैले जित्छ भन्न सक्ने अवस्था नरहेको राजनीतिक विश्लेषण गरिएको छ। अहिलेका उम्मेदवारहरूले युवा पलायन रोक्ने, कृषिमा आधुनिकरण गर्ने र सिँचाइ तथा खानेपानीको व्यवस्था गर्ने जस्ता एजेन्डाहरूलाई मुख्य चुनावी मुद्दा बनाएका छन्।

For Add Product Review. You Need To Login First Login Page




















