Saturday 06-06-2026

कुहिरो हटेसँगै देशभर आन्तरिक उडान क्रमशः सञ्चालन

Satyapana
  • Thursday Jan 29 2026
  • | 2165 Read

Share News

कुहिरो हटेसँगै देशभर आन्तरिक उडान क्रमशः सञ्चालन

काठमाडौँ-मौसममा सुधार आएसँगै आज दिउँसोबाट आन्तरिक उडानहरू क्रमशः सुचारु भएका छन्। बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोका कारण काठमाडौँसहित देशका विभिन्न विमानस्थलमा आन्तरिक उडान प्रभावित बनेको थियो।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार काठमाडौँ, विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलबाट बिहान उडान सुरु हुन सकेको थिएन। तर दिउँसो मौसममा सुधार आएपछि भरतपुर, तुम्लिङटार र नेपालगञ्ज बाहेक अन्य विमानस्थलहरूमा उडान–अवतरण सुचारु भएको उहाँले जानकारी दिनुभयो।

मौसममा थप सुधार आएसँगै बाँकी विमानस्थलहरूबाट पनि उडान क्रमशः सुरु हुने जनाइएको छ।


For Add Product Review. You Need To Login First Login Page