Search News
राजस्व चुहावट नियन्त्रण गर्न अर्थ मन्त्रालयमा उच्चस्तरीय छलफल सुरु
- Thursday Apr 02 2026
- | 1432 Read
Share News

१९ चैत्र २०८२ बिहिवार। अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्ने उद्देश्यका साथ आज एक उच्चस्तरीय छलफल आयोजना गरिरहेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको उक्त बैठकमा राजस्व प्रशासन र सुरक्षा निकायका प्रमुख व्यक्तित्वहरूको सहभागिता रहेको छ ।
मन्त्रालयका अनुसार बिहान ११ बजे देखि बैठक चलिरहेको छ । गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, अर्थ र गृह सचिवका साथै राजस्व प्रशासनका उच्च अधिकारीहरू सहभागी भएका छन्। यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरू तथा राजस्वसँग सम्बन्धित मन्त्रालयका विभिन्न महाशाखा र विभागका प्रमुखहरूको पनि उपस्थिति रहेको छ ।
अर्थ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार बैठकमा राजस्व छली, चोरी-पैठारी नियन्त्रण र विद्यमान कानुनको कडा कार्यान्वयनका विषयमा केन्द्रित रहेर छलफल र्भैरहेको छ। बैठकमा अर्थमन्त्री डा। वाग्लेले राजस्व संकलनको लक्ष्य प्राप्त गर्न र अवैध आर्थिक गतिविधिलाई निरुत्साहित गर्न अन्तर-निकाय समन्वयका लागि महत्वपूर्ण निर्देशन दिने कार्यक्रम तय छ।
पछिल्लो समय सीमा नाकामा हुने अवैध व्यापार र आन्तरिक राजस्वमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न यो बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

For Add Product Review. You Need To Login First Login Page




















